कास्की जिल्लाभर निषेधाज्ञा जारी ..

काठमाण्डौ । केहि दिन यता कोरोना महामारीको जोखिम बढ्दै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यसैबीच कास्की जिल्लामा पनि आज (मंगलबार) रातिदेखि भदौ ७ गते सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ । आज बसेको जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 निषेधाज्ञा अवधिमा कोहि पनि  घर बाहिर निस्कन पाउने छैनन् भने खाद्य पदार्थ तथा औषधिबाहेक अन्य सबै पसल बन्द रहने छन् । त्यस्तै स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडीहरु पनि गुड्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *