धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काभ्रेमा एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । यहि साउन २७ गते कोरोना पुष्टि भएका धुलिखेल नगरपालिका–७ निवासी ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती वृद्ध काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए भने पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनले भने , ‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भयो ।’  यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि सिन्धुपाल्चोककी संक्रमित सुत्केरी महिलाको पनि यहिं मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *