मेक्सिकोका राष्ट्रपति पनि रुसको भ्याक्सिन लगाउन तयार

काठमाण्डौ । मेक्सिकोका राष्ट्रपति आन्द्रेज मेनवेल लोपेज ओबराडोरले रुसले निर्माण गरेको कोरोना विरुद्धको भ्याक्सिन प्रभावकारी प्रमाणित भएमा आफू पनि उक्त भ्याक्सिन लगाउन तयार भएको बताएका छन् । लोपेज ओबराडारले भ्याक्सिनबारे भने, ‘म सबैभन्दा पहिलो खोप लगाउने व्यक्तिमा समावेश हुनेछु ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि आफूले यो भ्याक्सिन लगाउने बताएका थिए । रुसले दुई महिनाको परीक्षणपछि भ्याक्सिनको उत्पादन अनुमोदन गरेको छ भने यस भ्याक्सिनको पहिलो खेपको उत्पादन पनि गरि सकिएको छ । मेक्सिको र अर्जेन्टिनाको सरकारले औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग भ्याक्सिनको उत्पादनका लागि सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *