गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

काठमाडौँ । गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा एक स्कुरलाई ठक्कर दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई विमास्थलसम्म स्कर्टिङ गर्न प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै गरेको नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिला घाइते भएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

घाइते हुनेमा नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा रहेका छन् भने उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरिक्षक (एसपी) बामदेव गौतमले बताएका छन् दिए । जीप चालकलाई भने महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *