इमाडोलबाट पाँच अपहरणकारी पक्राउ

काठमाडौँ ।  कैलाली टिकापुरको किसन डगौरालाई अपहरण गरेको आरोपमा प्रहरीले ललितपुरको इमाडोलबाट पाँच जनालाई पक्राउ गरेको छ । डगौरा यहि सोमबार राति ९ बजे काठमाडौँको डल्लुबाट  अपहरणमा परेको भन्दै प्रहरीलाई सूचना पुगेको थियो भने सीआईबी र ललितपुर प्रहरीको समन्वयमा गरिएको अपरेशनमा ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरबाट बा १२ च १६१७ नम्बरको कारसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पक्राउ पर्नेमा कैलाली टीकापुरका ३३ वर्षीय निर्प सोडारी, ललितपुर टीकाथलीका ४८ वर्षीय लालबहादुर रावल, टीकाथलीकै २० वर्षीय सम्राट रावल, बाराका २७ वर्षीय नविन खड्का र आछामका ३८ वर्षीय गणेश बहादुर साउद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *