नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको मिर्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उनलाई यहि साउन ३२ गते कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित ज्वरो आएपछि सो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा गरिएको परिक्षणमा सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो भने सोमबार नै उनमा निमोनिया देखिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अचानक श्वास प्रश्वासमा समस्या आएपछि सोमबार राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *