४२ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

काठमाण्डौ । राप्ती नगरपालिकाको भण्डारास्थित सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका २ महिला र ४० पुरुष गरि एकैसाथ ४२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको।

यसअघि नै सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने त्यससँगै अन्यको पनि परिक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिएका छन् । कुल साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सङ्क्रमण पुष्टि भएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *