महोत्तरीमा भदौ १० गतेसम्म कर्फ्यु

काठमाण्डौ । कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा भदौ १ गते मध्यरातदेखि लागु हुने गरि १० दिनसम्मलाई कर्फ्यु (निषेधाज्ञा) आदेश जारी गरिएको छ । सोमबार साँझ एक आदेश जारी गर्दै पछिल्ला केही दिनयता जिल्लाका सबैजसो स्थानमा सङ्क्रमण बढेको कारणले यसको रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उल्लेख गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक काम र निर्माण कार्यलाई अवरोध नपुग्ने गरी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । यस क्रममा औषधी पसल र अस्पतालबाहेक हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको भनेर उक्त आदेशमा उल्लेख गरिएको छ । साथै निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने पनि प्रजिअ कटुवालले बताएका छन् ।