मंगलबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षा

काठमाण्डौ । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको र देशभर नै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केहि स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्यस्तै गरि बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।