चिताएको हरेक कुरा पुरा हुने यस्तो अद्भुत मन्दिर

काठमाण्डौ ।  जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरीले आफ्ना छुट्टै बिशेषता बोकेको छ । नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरीलाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । पर्यटकहरू सगरमाथा जान यहिबाट जान्छन् ।

जिरेलको संस्कृति बुझ्न र हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी उपयुक्त गन्तव्य बन्दै गएको छ। जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ । हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गरिन्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजन हरु आउने गर्छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस मन्दिरमा भक्तजनले मागेको हरेक इच्छा पुरा हुने मान्यता रहेको छ ।  जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरमा रहेको कुण्डमा ठुला नागको आकृति देखिने गरेको पनि स्थानीयको भनाई छ । त्यस्ता आकृति देख्नको लागि भक्तजनमा पबित्रता हुनुपर्ने र ती भक्तजनले जे माग्यो त्यहि पुरा हुने पनि बिश्वास रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *