हेर्नुहोस् आजको पुरा राशिफल :

काठमाडौं आज मिति २०७६ साल भदौ २ गते मंगलबारको राशिफल यसप्रकार रहेको छ :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मेष राशि हुनेहरुको आजको दिन राम्रो देखिन्छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्ने हुँदा सतर्क रहनुहोला। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रयत्न गर्दा अप्ठ्यारा कामहरु पनि
सफल हुने देखिन्छ।

वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : वृष राशि भएका व्यक्तिहरुको आजको समय खासै अनुकूल देखिंदैन ।आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ। आफ्ना लागि परिस्थिति अलि प्रतिकूल बन्न सक्छ। परिवारजनसँग आत्मीयता बढ्नेछ भने चिताएका काम पुरा हुनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) : मिथुन राशि हुने व्यक्तिहरुको आजको दिन निकै शुभ देखिन्छ । साथीभाई तथा इस्टमित्रबाट विभिन्न सहयोग र उपहार पाइने योग छ भने भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ। अतिथिका रूपमा सम्मान समेत पाइएला। परिवारजनसँग आत्मीयता बढ्नेछ भने चिताएका काम पुरा हुनेछ । 

कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : कर्कट राशि हुनेहरुको आजको दिन फाइदाजनक रहेको छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय रहेको देखिन्छ। तार्किक क्षमता बढ्नेछ भने विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। सोचे अनुसारको काम बन्नेछ भने तार्किक क्षमताले सम्मान दिलाउनेछ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा कमजोरी अनुभव हुने देखिएको हुँदा विचार पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्नेछ । हिम्मतले काम लिँदा सफल्ता प्राप्त हुनेछ । 

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : कन्या राशि हुने व्यक्तिको आजको समय खासै राम्रो देखिंदैन । अस्वस्थताका कारण चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको पनि समय रहको छ ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) : तुला राशि हुनेहरुको आजको दिन राम्रो देखिन्छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय रहेको छ। गुरुजनको सहयोग जुट्नेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : वृश्चिक राशि हुने व्यक्तिहरुका लागि आजको दिन शुभ छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिनेछ। सोचे अनुसारको काम बन्नेछ भने तार्किक क्षमताले सम्मान दिलाउनेछ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : धनु राशि हुनेहरुको आजको दिन राम्रो छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। कामको चापबाट फुर्सद पाउने देखिन्छ भने पारिवारीक सम्बन्धमा सुधार आउनेछ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : मकर राशि हुने व्यक्तिहरुको आजको दिन खासै अनुकूल देखिंदैन । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिवारसँग समय बिताउनुहोला ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) : कुम्भ राशि हुने व्यक्तिहरुको आजको दिन निकै शुभ रहेको छ । उद्योग र व्यापारमा फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिन सक्ने हुनाले, सतर्क रहनुहोला । व्यवसायमूलक काममा पनि राम्रै फाइदा रहने हुँदा आर्थिक स्थिति पनि बढ्ने देखिन्छ।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : मीन राशि हुने व्यक्तिहरुको लागि आजको दिन केहि कठिन रहने देखिन्छ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ भने मेहनत गरे अनुसार फाइदा कमै होला । प्रेम र मित्रताको गाँठो कसिनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *