एसईई को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् :

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई को नतिजा प्रकाशन गरेको छ । आज नै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हाे  । कोरोना महामारीका कारण स्थगित भएको एसईई को नतिजा आन्तरिक मुल्यांकनको आधारमा गरिएको हो ।

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।  यस वर्ष ४ लाख ८२ हजार विद्यार्थीले एसईईको फर्म भरेका थिए भने ती मध्ये ४ लाख ५६ हजार ३ सय २९ नियमित  तर्फ र ९ हजार ५ सय ९ प्राविधिकतर्फ रहेको परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नतिजा हेर्नका लागी पहिलेको जस्तै यस साल पनि टेलिफोन , एसएमएस तथा वेबसाइटको व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *