काठमाण्डौमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस को संक्रमणबाट काठमाडौंका आज थप एक जनाको मृत्यु भएको छ । निमोनियाका अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि ५८ वर्षीय महिलाई यहि साउन २८ गते पाटन अस्पतालमा गरिएको थियो ।

अस्पतालमा परिक्षणगर्दा निमोनिया भएको पत्ता लागेपछि उनलाई आईसीयूमा राखिएको थियो भने उपचारकै क्रममा ती महिलाको सोमबार बिहान मृत्यु भएको हो । उनी मधुमेहकी बिरामी समेत रहेको खुलेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । आइतबार अपराह्न पनि पाटन अस्पतालमा काठमाण्डौ घर भएका ६० वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *