झडपबीच बारामा प्रहरीले चलायो १३ राउण्ड गोली ..

काठमाण्डौ । बारामा कुलोमा माछा मारेको तथा डुबानको विषयमा झडप हुँदा प्रहरीले १३ राउण्ड गोली चलाएको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दा बीच भएको झडप बढ्दै गएपछि झडपलाई नियन्त्रणमा लिनका लागी प्रहरीले हावामा गोलि चलाएको हो ।

विवादले उग्र रुप लिँदा झडप भएपछि प्रहरीले हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् । ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएछ, घर टहरा समेत भत्काउन शुरु गरेपछि प्रहरीले हवाइ फायर गर्नु परेको हो ‘, मिश्रले बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त झडपका क्रममा चार जना प्रहरी तथा १२ जना सर्वसारधण घाइते भएका छन् भने घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *