काँचै खान नहुने यी तरकारीहरू :

काठमाण्डौ । प्रायः मानिसहरु स्वस्थ रहनका लागी सलादसँगै केही तरकारीहरु पनि काँचै खाने गर्छन् । काँचो सलाद तथा तरकारी स्वास्थ्यका लागि फाइदाजनक हुने भएपनि केहि यस्ता तरकारीहरू छन् जुन काँचै खाँदा हामीलाई नोक्सान पुर्याउँछ । काउली प्रजातीको कुनै पनि तरकारी काँचो खाँदा पेटमा ग्यास बढ्ने तथा पाचन प्रक्रियामा समेत खराबी आउन सक्छ । राज्मा वा कुनै पनि सिमी नपकाइकन काँचो खाँदा बान्ता हुनसक्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आलुमा पाइने सोलानाइन नामक टक्सिनले पेटमा ग्यास, बान्ता, टाउको दुखाई र पाचन सम्बन्धी समस्या पैदा गर्ने हुँदा यसलाई कहिल्यै काँचो खानु हुँदैन । यस्तै काँचो भान्टाले पनि पेटमा नोक्सान पुर्याउने, बान्ता हुने, चक्कर लाग्ने तथा पेटमा ऐठन पैदा गर्ने जस्ता समस्या पैदा गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *