स्वास्थ्य जीवनको लागी यसरी गर्नुहोस् गहिरो निन्द्राको अभ्यास :

काठमाण्डौ । सामान्यत हामीले ७ देखि ८ घण्टासम्मको निद्रा लिनुपर्छ । विशेषज्ञहरूका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निद्रा पूरा नहुनाले हाम्रो शरीरका कोषहरूमा क्षति पुग्छ । तर, समयले मात्र पुग्दैन, समयका साथै निद्रा गहिरो हुनु पनि जरुरि छ । यदि गहिरो निद्रा लिइएन भने के हुन्छ ? शरिरले गहिरो निन्द्रा लिएन भने हाम्रो शरीर बोझिलो हुन्छ र आलस्य बढ्छ ।

अनिद्राले गर्दा दैनिकी नै खलबलिन्छ । त्यती मात्र नभई अनिदोले शरीरको कार्य संचालनमा समेत समस्या ल्याउँछ र यसले उच्च रक्तचाप, मधुमेह लगायतको रोग निम्त्याउँछ। यदि गहिरो निद्रा लिन सक्नुभयो भने तपाईं तनाव लगायत अनेकन समस्याबाट मुक्त रहन सक्नुहुनेछ।गहिरो र पर्याप्त निद्राका लागि निश्चित समय तालिकाअनुसार सुत्ने र उठ्ने अभ्यास गर्नु जरुरी छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सधैं एउटै समयमा सुत्ने र उठ्ने गरेमा सोहीअनुसार हाम्रो शरीर पनि अभ्यस्त हुन्छ । खासगरी राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने अभ्यास स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । निन्द्राबाट टाढा हुनु भनेको अस्वस्थ जीवनको बाटो खुल्नु हो । यसैले गहिरो निद्राका लागि मनमा शान्ति हुनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *