यी हुन् भगवान शिवलाई पुज्ने विधी , यसरी रिझाउनुहोस् महादेवलाई :

काठमाण्डौ । आज अर्थात् सोमबारको दिनलाई शिव भगवानको दिन मानिन्छ भने उनलाई प्रसन्न गर्न सके जीवनमा कुनै संकट नआउने मान्यता रहेको छ । भगवान शिवलाई पुज्दा जप्ने मन्त्र : ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम: भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
पूजा विधि : सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर सफा भइ शिवलाई जल अर्पित गर्नुहोस्। यदि जल अर्पण गर्न घरमा सम्भव छैन भने नजिकको शिव मन्दिर गैर शिव, माता पार्वती तथा नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। त्यस पश्चात पूजा सम्पन्नका लागी भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस्। अन्तिममा धुप अथवा दीप बालेर आरती गर्नुहोस्। यति विधी पुरा गरेर भगवान शिवको पूजा गर्दा शिव भगवान प्रशन्न हुन्छन भन्ने मान्यता रहेको छ ।