काठमाण्डौ उपत्यकामा मात्रै आज थपिए १ सय ६८ संक्रमित :

काठमाडौं । आज सोमबार काठमाडौं उपत्यकामा मात्र थप १ सय ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज संक्रमण पुष्टि हुनेमा १ सय ३९ जना काठमाडौंका , १५ जना ललितपुरका तथा १४ जना भक्तपुरका रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस सँगै काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २ हजार १ सय ३५ पुगेको छ । काठमाडौंमा १ हजार ७ सय ६, ललितपुरमा २ सय ८३ र भक्तपुरमा १ सय ४६ संक्रमित गरि कुल २ हजार १ सय ३५ पुगेका हुन् भने देशभर कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *