वाग्मती प्रदेशसभाका उच्च अधिकारीमा कोरोना पुष्टि

काठमाण्डौ । वाग्मती प्रदेश सभाका एकजना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  तीन दिनअघि  कीटजन्य रोग अनुसन्धान केन्द्रमा उनको स्वाब सङ्कलन गरिएकोे थियो भने आज उक्त परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि यस कुराको पुष्टि गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनी अहिले हेटौंडास्थित आफ्नै निवासमा सेल्फ आइसोलेशनमा बसेका छन् । उनीसँंगै मकवानपुरमा आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *