घरको छतबाट खसेर एक युवकको मृत्यु :

काठमाण्डौ । घरको छतबाट खसेर रुपन्देहीमा १ जना युवकको मृत्यु भएको छ । आफ्नो घरको तीन तल्ला माथी बाट खसेर सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

छतमा बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *