लिदी पहिरोमा बेपत्तामध्ये थप तीन जनाको शव भेटियो

काठमाडौं । शुक्रबार सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता भएका मध्य थप तीन जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परि ३७ घर क्षती भएको छ भने आज ३ जनाको शव भेटिएसँगै मृत्यु हुनेको कुल संख्या २२ पुगेको छ वडाध्यक्ष प्रताप लामाले जानकारी दिएका छन् ।   भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै उक्त पहिरोमा अझै पनि १६ जना बेपत्ता रहेको लामाले बताए । साउन २२ गते नै जुगल गाउँपालिकाले लिदीका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो भने पालिकाका अनुसार वडा नम्बर २ को सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ तथा बैगाङ टोल पनि पहिरोको जोखिममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *