कोरोनाको त्रास : सुनसान बन्न थालेका काठमाण्डौका सडकहरु

काठमाण्डौ । नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएसँगै चैत्र ११ गतेदेखि देशभर पूर्ण रुपमा लकडाउनको घोषणा गरिएको थियो । लकडाउन भएपछि देशको अर्थतन्त्र खस्किनुका साथै सर्वसाधारणको जनजीवन समेत प्रभावित बन्न थालेपछि कुल १ सय २० दिनको लामो समयपछि नयाँ मापदण्ड सहित देशव्यापी लकडाउन हटाइयो ।

लकडाउन खुलेसँगै कोरोनाको भय मानिसको मनबाट हट्न थालेझै भयो र सर्वत्र जनजीवन सामन्य बन्दै जान थाल्यो । बन्द गरिएका व्यवसायहरु बिस्तारै खुल्न थाले, सार्वजनिक सवारी समेत खुल्न थाले । त्यसपछि फेरी नया पाटो आयो : देशभर संक्रमितको संख्यामा ह्वात्तै वृद्धि आउन थाल्यो । औंलामा गन्न सकिने संक्रमित भेटिएका उपत्यकामा त झनै दैनिक ५० हुँदै सयौँको हाराहारीमा संक्रमित भेटिन थाले र कतिपय स्थानहरु सिल सम्म पनि गरियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अब भने पुन एकपटक सबैको मनमा यस महामारीको भय उब्जन थाल्यो । मानिसहरु अब पुन सचेत हुन थाले भने सरकारले पनि अहिले फेरी विभिन्न कार्यमा रोक लगाएपछि एकपटक फेरी काठमाण्डौको सदखारू सुनसान बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *