पर्साको पोखरियामा मेयरसहित ३३ जनामा कोरोना पुष्टि

काठमाण्डौ । समुदाय स्तरमै कोरोना संक्रमण देखिएको पर्सामा दिनहु संक्रमित थपिने क्रम जारी रहेको छ । यहि क्रममा काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित कुल ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागी पठाइएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उपप्रमुख सलमा खातुनका अनुसार यसअघि नै पोखरिया नगरपालिकाका ४ जना वडाध्यक्ष, एक डाक्टर, एक नर्स तथा अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *