इबोलाको औषधिबाट नेपालमा कोरोना संक्रमितको सफल उपचार

काठमाण्डौ ‌। इबोला विरुद्ध प्रयोग हुने रेमडिसिभिर औषधिको प्रयोग नेपालमा पनि सफल भएको छ।  कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्यलाभ गरेका छन्‌। यद्धपी  सरकारले भने यस औषधी प्रयोग गर्ने अनुमती भर्खरै मात्र दिएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

इबोलाको औषधी दिइएका डा. कार्कीको स्वास्थ्य अवस्थामा अहिले सुधार आएको शिक्षण अस्पतालका चिकित्सकहरूले बताएका छन् ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले भने क्लिनिकल अध्ययनका लागि मात्रै रेमडिसिभिरको प्रयोग गर्न सक्ने अनुमति दिएको छ। यसका साथै औषधि व्यवस्था विभागले पनि यस औषधीको आयातका लागि स्वीकृति प्रदान गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *