उपत्यकामा निकै उच्च कोरोना संक्रमण

काठमाडौँ । कोरोना नियन्त्रणका लागी गरिएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला समय ह्वात्तै बढेको छ । अहिले दैनिक सयको हाराहारीमा उपत्यकामा कोरोना सङ्क्रमण देखिन थालेको छ । आइतबार हाल सम्मकै बढी १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा गरि कुल १ सय ७२ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका विभिन्न वडामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने काठमाडौँ महानगर वडा नं. ३२ कोटेश्वर क्षेत्रमा हालसम्म ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही अवस्थामा उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्ने भन्दै सबैलाई सचेत हुन पनि प्रवक्ता गौतमले आग्रह गर्नुुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *