प्रदेश प्रवेश गर्ने नाकाहरूमा थप कडाइ

काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढेसँगै अहिले कर्णाली प्रदेशका केहि स्थानहरुमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ भने यससँगै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने हरेक नाकाहरूमा कडाइ गर्ने निर्णय पनि गरेको छ । अबदेखि पास बनाएर प्रदेश भित्रिएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे तथा कपुरकोट लगायतका सीमा नाकामा अबदेखि पीसीआर रिपोर्ट देखाउनुपर्ने हुन्छ । त्यस्तै गरि प्रदेशभरका मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु पनि पूर्ण रूपमा बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *