कर्णाली प्रदेशका यी तीन जिल्लामा निषेधाज्ञा जारी

काठमाण्डौ । कोरोना संक्रमणको संख्या बढ्दै गएपछि आजदेखि कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सुर्खेत, जुम्ला तथा मुगुमा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । निषेधाज्ञा अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ भने स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक अन्य सबै सेवा बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *