खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाउने यी व्यक्ति

काठमाण्डौ । अष्ट्रेलियामा एकजना व्यक्तिले आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट निकालेका छन् । स्थानीय रिपोर्टले जनाए अनुसार उनकी ३५ वर्षीय पत्नी शानटेल डायल न्यू साउथ वेल्समा पोर्ट मेकवोरीको शेली बीचमा सर्फिङ गरिरहेको समयमा शार्कले उनीमाथि हमला गरेको थियो भने उनी आफ्नो सर्फ बोर्डबाट र्शाकमाथि बर्सिएर श्रीमतीलाई नछोडेसम्म शार्कलाई मुक्का हानिरहेका थिए ।
त्यसपछि शार्कको मुखबाट बचाएर उनले आफ्नी श्रीमतीलाई किनारासम्म पुर्याए र एयर एम्बुलेन्समार्फत् उनलाई तुरुन्तै अस्पताल पुर्याइयो । उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
शानटेललाई न्यूक्यासल अस्पताल पुर्याइएर उनको शल्यक्रिया गरिएको थियो भने अहिले उनको हालत स्थिर छ ।