आजको मौसम, चट्याङ्गसहित भारी वर्षा

काठमाण्डौ । मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेका कारण अहिले देशभर जलवाष्पयुक्त हावा भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा तथा अन्य प्रदेशका एक- दुई स्थानहरुमा पनि वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर  सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति देशभर सामान्यतया बदली रही प्राय स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै, गण्डकी प्रदेश, प्रदेश नं ५ , प्रदेश १ कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा बागमती प्रदेशका केहि स्थानहरुम भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *