काठमाडौं । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाएको स्पानियस जायन्ट बार्सिलोनाले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन असफल भएपछि प्रशिक्षक के सेटिएनलाई पनि बर्खास्त गरेको छ । च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि बार्सिलोनाले उक्त निर्णय लिएको हो ।
सेटिएन बर्खास्त भएसँगै अब उनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा चलिरहेको छ ।