न्युरोडका व्यापारीको कोरोना परिक्षण अनिवार्य…

काठमाडौं । उपत्यका लगायत देशभर नै कोरोना संक्रमणको दर बढ्दै गएपछि अब अत्याधिक भिडभाड हुने न्यूरोड क्षेत्रका व्यापारीहरुले पनि अनिवार्य रुपमा कोरोना भाइरसको परीक्षण गर्नुपर्ने भएको छ । हिजो आइतबार वडाध्यक्षसहित उक्त क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको संग्लाग्नता रहेको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै बजार खोल्नुपर्ने निर्णय गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

परिक्षणमा लाग्ने खर्च व्यापारीहरु आफैले व्यहोर्नुपर्ने भएपनि स्वास्थ्य परीक्षण गर्ने चिकित्सक टोलीलाई भने वडाले नै न्यूरोड क्षेत्रमै आएर स्वाव संकलन गर्ने व्यवस्था मिलाउने बताइएको छ । न्यूरोड बजार सुरक्षित छ भन्ने विश्वास दिलाउनका लागी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन वडाध्यक्ष महर्जनले सबै व्यापारीमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *