नेकपाको सचिवालय बैठक आज बसिंदै

काठमाण्डौ । अहिले बिहान ९ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । बैठकमा नेकपामा हाल जारी रहेको विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरिनेछ ।
गत शुक्रबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए जसमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
नेकपाको हाल चलिरहेको विवाद समाधानका लागी सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा उक्त कार्यदललाई दिइएको छ भने कार्यदलले शनिबारदेखि नै यस विषयमा काम सुरु गरिसकेको छ ।