शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् भदौको पहिलो दिनको राशिफल :

काठमाडौं । आज भदौ १ गते, सोमबार राशिफल यस प्रकार छ :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साथै बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । 

वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने हुँदा मन चिन्तीं हुन सक्छ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्ने हुनाले संयमता अपनाउनु होला। जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग भने सम्बन्ध आत्मीय बन्ने योग रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) : मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन रहेको हुनाले आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त मनमुटाव हुन सक्छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्ने हुँदा विचार पुर्याउनुहोला ।

कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आफ्नै कमजोरीले विवादमा परिने योग रहेको हुँदा सचेत रहनुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय रहेको छ । अनावश्यक भ्रमण हुन सक्छ भने स्वास्थ्यगत समस्याले पनि सताउने देखिने हुँदा  सतर्क रहनुहोला । कडा मिहिनेत र लगशीलतापछि पनि गरिएको कामबाट लाभ नहुँदा मन खिन्न रहन्छ ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेभन्दा कम फाइदा मिल्नेछ भने अस्वस्थताका कारण चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ ।

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : शत्रुहरु बढ्नेछन भने मनोबल घटाउनेहरु प्रशस्त भेटिनछन् । कामका खासै सफलता नदेखिएपनि नयाँ ज्ञान प्राप्त हुने योग छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध बिग्रन सक्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा सचेत रहनुहोला ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) : कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन भने पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । 

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : रूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने समय रहेको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ र गरेका कामबाट राम्रै लाभ हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्नेछ। कर्मयोग र आम्दानीले पछ्याउनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ। चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ,साथै रोकिएका काम पुनः सुरु हुन सक्ने  योग रहेको छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ भने साथीभाइबाट पनि राम्रै सहयोग जुर्नेछन्। परिणाममुखी काममा लगानीको समय छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन । 

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) : आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् भने स्वास्थ्य सबल रहने छ ।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्ने योग रेहेको हुँदा विचार पुर्याउनुहोला । सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ भने नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *