फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य..

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रति लिटर एक एक रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले गर्दा स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ ।