मोटरसाइकल दुर्घटनामा दुइजनाको मृत्यु

काठमाण्डौ । दाङमा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । दुवैजना लु ५७ प ११०० नम्बरको एउटै मोटरसाइकलमा सवार थिए भने मृत्यु हुनेमा गढवा गाउँपालिका – ७ का २६ वर्षीय सुरजनारायण चौधरी र  २७ वर्षीय मनोज चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रज्वल थपलियाले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लमहीदेखि गढवा जाँने क्रममा गएराति ११ बजे उनीहरु सवार मोटरसाइकल बलामपुर नजिक सानो राप्ती नदीको पुलमा ठोक्किएर नदीमा खसेको थपलियाले बताएका छन् । दुवैको शवलाई अहिले पोष्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *