उपत्यकामा मात्रै १ सय ७२ संक्रमित, कता कता?

काठमाडौं । यति बेला नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारि छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै छ। उपत्यकामा पनि संक्रमितको संख्या र मृतकको संख्या बढ्दो अवस्था मा छ। केहि दिन यता काठमाण्डौ उपत्यकामा निकै उल्लेखीय मात्रामा बढिरहेका छन् ।पछिल्लो २४ घण्टामा मात्र काठमाडौं उपत्यकामा १ सय ७२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

तिमध्य १ सय २६ जना काठमाडौंमा, ३८ जना ललितपुरमा तथा ८ जना भक्तपुरमा भेटिएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ । यद्धपी मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज मात्र पनि देशभरमा कुल ६ सय ४१ जना संक्रमित थपिएका हुन् भने यससँगै संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *