भगवान शिवलाई किन चढाइदैन तुलसी ? यस्तो छ कारण…

काठमाण्डौ । शिवपुराणमा उल्लेख गरिएअनुसार, दैत्य जालन्धरकी पत्नीको पतिव्रत शक्तिले उनलाई कुनै पनि देवताले हराउन नसक्ने शक्ति प्राप्त भएका कारण उनको वध गर्न एकदमै कठीन थियो। तर विष्णु भगवान एकदमै चलाख थिए । विष्णु भगवानले जालन्धर र महादेवको युद्ध भैरहेको बेला जान्धरको रूप धारण गरी उनकी पत्नी ‘तुलसी’ को पतिव्रत शक्ति लुट्न गए।
जालन्धररूपी विष्णुले तुलसीको पतिव्रतलाई लुट्नेबित्तीकै महादेवले जालन्धरलाई भष्म बनाइदिएका थिए। आफ्नो पतिको मृत्यु र आफूपमाथी भएको धोकाबाट क्रोधित भएर तुलसीले महादेवलाई आफ्नो पवित्र पातले कहिल्यै पनि उनको पुजा गर्न नपरोस् भनेर श्राप दिइन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्यसैकारण शिवजीको पूजा आराधनामा तुलसीको पात चढाउनुहुँदैन भनेर शिवपुराणमा उल्लेख गरिएको छ। यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित छ ।