घरमा सजिलै पाइने प्याजका यी अनेकौँ फाइदा..

काठमाण्डौ । हाम्रो आफ्नै घर तथा भान्सामा प्रयोग हुने यस्ता केहि प्राकृतिक सामाग्री छन् जसले हामीलाई ती रोगहरुबाट बचाउनुका साथै अन्य विविध फाइदाहरु पनि गर्छ । प्याज हामी सबैको भान्सामा सजिलै उपलब्ध हुने सामाग्री हो । तरकारी देखि अचारसम्ममा प्रयोग हुने प्याजका औषधीय पाटाहरु पनि रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजमा भएको क्रोमियम तत्वले रगतमा भएका चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्दछ । प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्टि्रक अल्सरको जोखिम कम हुन्छ । साथै प्याजमा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *