पर्सामा सेना परिचालन…

काठमाडौं । नेपालमा केहि दिन यता संक्रमितको संख्यामा निकै उल्लेखीय मात्रामा वृद्धि भएको छ । सबैभन्दा बढी यस महामारीबाट प्रभावित रहेको पर्सा जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ भने यसलाई कडाइका साथ लागू गर्न नेपाली सेना समेत परिचालन गरिएको छ । पर्साको वीरगञ्जमा साउन १० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो भने साउन १९ गतेदेखि पुरै जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञालाई कडाइका साथ लागू गर्नका लागी आइतबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएका छन्। ‘निषेधाज्ञालाई लागू गर्न अग्रपंतिमा खटिएका सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको हो,’ प्रजिअ तामाङले भने । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पर्साका सहरी क्षत्रमा आजदेखि सेना परिचालन भएसँगै ग्रामिण क्षेत्रमा पनि आवश्यकता अनुसार सैनिक जनशक्ति परिचालन गरिने प्रजिअ तामाङले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *