कति पुग्यो सुनको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार तोलामा प्रति तोला  ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यस्तै गरि तेजावी सुन भने प्रति तोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको थियो । यसका साथै शुक्रबार प्रतितोला  १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको चाँदी आज १ हजार ३ सय २५ रुपैयाँ प्रति तोलामा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *