आज एकैदिनमा थपिए यति धेरै संक्रमित :

काठमाण्डौ । नेपालमा केहि दिन यता दिनहुँ रुपमा सयौं सक्रमित थपिने क्रम निकै नै बढिरहेको छ । नेपालमा हालसम्म संक्रमितको कुल संख्या २६ हजार नाघिसकेको छ । संक्रमित बढ्ने क्रममा आज थप ६ सय ४१ जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिले कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने १ सय ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
एकैतिर संक्रमितको संख्या बढिरहेको छ भने अर्को तर्फ निको हुनेको संख्या पनि नाधिरहेको छ । अहिलेसम्म १७ हजार ३ सय ३५ जना संक्रमितहरु भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने हाल ९ हजार २ सय २१ जना संक्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ । त्यस्तै गरि देशका विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल १५ हजार २ सय ४३ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।