विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि

काठमाण्डौ । अहिले बिराटनगरमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै त्रास पनि बढिरहेको छ । शनिबार महानगरपालिकाद्वारा गरिएको परिक्षणमा विराटनगर महानगरपालिकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् भने २४ जना पुरुष रहेका छन् ।

विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६/६ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र  विराटनगर ८ का एक जनालाई संक्रमण देखिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै सङ्क्रमितको कुल सङ्ख्या ५ सय २३ पुगेको छ भने ती मध्य ८६ जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *