मध्यपुरथिमिमा पनि लकडाउन, जनजीवन प्रभावित :

काठमाण्डौ । मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउनको घोषणा गरेको छ । उक्त क्षत्रमा समुदायस्तरमा नै कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आजदेखि आगामी भदौ ९ गतेसम्मका लागी लकडाउन गरेको हो ।

हालसम्म त्यस क्षत्रमा कुल ४१ जना कोरोना सङ्क्रमित पुष्टि भइसकेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् । लकडाउनका कारण पसल तथा व्यवसाय ठप्प भएको छ भने अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास तथा औषधि पसललाई पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जम्मा दुई घण्टा मात्रै खोल्न दिइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लकडाउन अवधिभर अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न नपाइने प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *