आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर १ सय २० रुपैयाँ १५ पैसा रहेको छ । साथै , युरो एकको खरिददर १ सय ४० रुपैयाँ ९९ पैसा र बिक्रीदर भने १ सय४१ रुपैयाँ ७० पैसा रहेको छ ।
पाउण्ड भने एकको खरिददर १ सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५१ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्यस्तैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा तथा युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।