नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना पुष्टि

काठमाण्डौ । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको नेपाल प्रहरीका एक उच्च अधिकृतले पुष्टि गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हालसम्म उक्त अस्प्तालका कुल ३६ जनामा संक्रमण पुष्टि भइसकेको पनि उनले बताएका छन् । हाल प्रहरी प्रधान कार्यालय तथा हेक्वार्टर मातहतका इकाइमा गरी कुल १ सय ५५ जनामा सक्रिय संक्रमण रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताएका छन् । संक्रमण बढेसँगै अहिले प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमा नै गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *