मकवानपुरमा पनि पुनः निषेधाज्ञा जारी :

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । फैलँदो कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउनका लागी भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

यसका साथै जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायतका अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् । निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायतका अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको र त्यस बाहेकका सम्पूर्ण सेवा र हरेक यातायातमा कडा रोक लगाइएको उनले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि मकवानपुर जिल्लाभर धार्मिक, सांस्कृतिक, विवाह, सभा–समारोह, जन्मोत्सव पर्वलाई समेत बैठकले निषेध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *