नारायणी अस्पतालका ७ जनामा कोरोना पुष्टि

काठमाण्डौ । नेपालमा केहि दिन यता कोरोना संक्रमितको संख्यामा उल्लेखीय मात्रामा वृद्धि आइरहेको छ । पर्सा जिल्लामा पनि निकै धेरै संक्रमित थपिएका छन् । यस्तैमा पर्सास्थित नारायणी अस्पतालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको गाईने वार्डमा कार्यरत ३० र ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै गरि सामाजिक सुरक्षा शाखामा कार्यरत रहेका वीरगञ्ज श्रीपुरकी २५ वर्षीया तथा वीरगञ्ज–१६ इनर्वाका २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस बाहेक वीरगञ्ज–१० का ३२ वर्षीया महिला, पेड्रियाटिक वार्डका कर्मचारी २८ वर्षीया महिला तथा असपतालको काउन्टरमा कार्यरत वीरगञ्ज–श्रीपुरका ५१ वर्षीय पुरुष पनि कोरोना संक्रमित पुष्टि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *