१३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाएर जिब्रो काटियो

काठमाण्डौ । भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरिएपछि उनको आँखा फुटाइएको छ भने उनको जिब्रो पनि काटेर, घाँटीमा डोरीले बाँधेर खेतमा घिसारिएको भारतीय सञ्चार माध्यम आजतकले बताएको छ ।
स्रोतका अनुसार लखिमपुर खिरी जिल्लामा इसानगर थाना क्षेत्रको पकरिया गाउँमा बस्ने १३ वर्षकी बालिका आफ्नो घरबाट शौचका लागि खेतमा गएको बेला गाउँकै स्थानीय दुई युवकले बालिकामाथि बलात्कार गरेर उनको हत्या गरिदिएर शव फालिदिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
बालिकामाथि बलात्कार र हत्याको आरोपमा प्रहरीले स्थानीय सन्तोष यादव र सञ्जय गौतमलाई पक्राउ गरेको छ । बालिकाको शवलाई भने पोस्ट मार्टमका लागी पठाइएको छ ।