फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाण्डौ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ । त्यस्तै एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ भने दक्षिण एशियाली देशको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नभएपछि त्यसको प्रभाव स्वरूप वरियतामा कुनै किसिमको फेरबदल नभएको हो ।  पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *