कास्कीमा थप ५ जनामा संक्रमण पुष्टि :

काठमाण्डौ । कास्की जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले आइतबार बिहान ६ः२० बजे सार्वजनिक गरेको विवरणमा जनाएको छ ।

संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ मा २२ र ३० वर्षका पुरुष तथा ५० र २२ वर्षका महिला तथा पोखरा महानगरपालिकाकै वडा नं. ५ मा ३३ वर्षीया महिला रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमित सबैलाई अहिले जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *